१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकाबाट प्रदेश प्रहरी हटाउने प्रावधान संविधानप्रतिकूल : सांसद शर्मा



काठमाडौं । माओवादी केन्द्रकी सांसद रेखा शर्माले उपत्यकाबाट प्रदेश प्रहरी हटाउने कुरा संविधानप्रतिकूल रहेको बताएकी छिन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले प्रदेश प्रहरीलाई अनुसन्धान र सुरक्षाको कामको जिम्मा दिनेबित्तिकै सुरक्षा संवेदनशीलतामा दख्खल हुन्छ भन्नु गलत रहेको बताइन् । 

उनले काठमाडौं उपत्यकाका तीन जिल्लामा प्रदेश प्रहरी नराख्ने गरी ल्याइएको संशोधन विधेयकमा सहमति जनाउने आधार नरहेको बताइन् । उनले केन्द्रीय सरकारले प्रदेश सरकारलाई संघीयताको आधारमा अधिकार दिन वञ्चित गर्दै जाने हो भने प्रदेश प्रहरी र संघीयताकै अर्थ नरहेको जिकिर गरिन् । उनले उपत्यकाबाट नै प्रदेश प्रहरी हटाउने गरेर संशोधित विधेयक आएको भन्दै यसमा व्यापक छलफल हुनुपर्ने बताइन् । 

ad

‘यसमा व्यापक छलफल हुनुपर्छ । उपत्यकाको सुरक्षा र संवेदनशीलतालाई हामीले अन्देखी गर्न खोजेको होइन । हाम्रो मूल ऐनमा नै के व्यवस्था छ भने नेपाल सरकारले तोकेका कुनै पनि ठाउँ नेपाल प्रहरीले सुरक्षा गर्ने भनिएको छ । तर, प्रदेश प्रहरीलाई अनुसन्धान र सुरक्षाको कामको जिम्मा दिनेबित्तिकै सुरक्षा संवेदनशीलता बिग्रिहाल्छ भन्ने हुन्न । बरु त्यहाँ रहेका समस्यालाई समाधान गर्नुपर्छ,’ उनले भनिन्, ‘यो तीन जिल्लामा प्रदेश प्रहरी नराख्ने गरी किन भयो ? भन्ने कुराको पुष्टि हुन आवश्यक छ । प्रदेश प्रहरीले पाएको सुरक्षा र अनुसन्धानको जिम्मामा कुन अधिकार नेपाल प्रहरीले लिन पाउने हो त्यहाँ छलफल गरौँ । यो तीनवटै जिल्लाबाट प्रदेश प्रहरी हटाउने गरेर सोच्दा संघीयता र संविधानप्रतिकूल हुन्छ ।’

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ५ : ५३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *