काठमाडौं । संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको हैसियतले संसदको हिउँदे अधिवेशन अन्त्य गर्नु परेको हो ।
संविधानको धारा ९३ को उपधारा २ बमोजिम कार्यवाहक राष्ट्रपति यादवले मन्त्रिपरिषदले वैशाख १२ गते गरेको सिफारिसका आधारमा शुक्रबार राति १२ बजेपछि संसदको अधिवेशन अन्त्य गरेको बताएका छन् ।
प्रतिक्रिया