काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललितानिवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको बताए । सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गरे । उनले जिल्लाका प्रहरी अधिकारीहरूले जनताको समस्याबारे मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरहेको पनि बताए ।
‘प्रहरीले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भयो भनेर मुद्दा अघि बढायो । सरकारले त्यो मुद्दा अदालतमा लगेन त्यस्तो हुन्छ ? त्यसो गर्न पाउँछ ? कसले जवाफ दिने हो ?,’ उनले भने ।
प्रतिक्रिया