४ बैशाख २०८१, मंगलबार | Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितानिवास जग्गा प्रकरणमा सरकारले चासो दिएन : सांसद सुवाल



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललितानिवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको बताए । सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गरे । उनले जिल्लाका प्रहरी अधिकारीहरूले जनताको समस्याबारे मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरहेको पनि बताए ।

ad

‘प्रहरीले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भयो भनेर मुद्दा अघि बढायो । सरकारले त्यो मुद्दा अदालतमा लगेन त्यस्तो हुन्छ ? त्यसो गर्न पाउँछ ? कसले जवाफ दिने हो ?,’ उनले भने ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ६ : ०९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *