१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको बुढीगंगा नगरपालिकामा मतदान शुरु



बाजुरा। बाजुराको बुढीगंगा नगरपालिकामा आज (बिहिबार) पुनः मतदान भइरहेको छ। ३० वैशाखको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचनपछि मतपरिमाण गर्न रोकिएको थियो।

३० वैशाखमा भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद हुँदा मतदान स्थगित गरिएको थियो।

अहिले मतदान शुरु भइसकेको र मतदानस्थलमा शान्तिपूर्ण अवस्था रहेको छ। निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य गरिएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए।

पुनः हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ। बुढीगंगा नगरपालिकामा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमालेका उम्मेदवार छन्।

कांग्रेसले मेयरमा रंग खाती र एमालेले रामबहादुर बानियाँलाई मेयरको उम्मेदवार बनाएका छन्।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ८ : ५२ बजे