काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा .चुमनलाल दासले बुधबार राति थप दुईजनामा हैजाको बिरामी भेटिएको बताए । ती दुवैजनाको अहिले उपचार भइरहेको छ । डा. दासका अनुसार मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको हो।
उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौंका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
थप दुईजनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया