१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा थप दुईजनामा हैजा देखियो, बिरामीको संख्या २३ पुग्यो



काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा .चुमनलाल दासले बुधबार राति थप दुईजनामा हैजाको बिरामी भेटिएको बताए । ती दुवैजनाको अहिले उपचार भइरहेको छ ।   डा. दासका अनुसार  मनहरा नगरपालिकाका–६ का १२ वर्षीय बालक र काठमाडौं–१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको हो। 

उनका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौंका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।   

थप दुईजनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।  

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ५ : ३७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *