काठमाडौं । काठमाडौँको सोल्टीमोडमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
महानगरपालिका वडा नम्बर १२ सोल्टीमोडमा प्रदेश ३–०२–००७ प ९१९४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुर जिल्लाको चित्लाङका २७ वर्षीय बुद्ध गोलेको शनिबार मृत्यु भएको हो । उनले चलाएको मोरसाइल अनियन्त्रित भई दुर्घटना भएको बुझिएको छ ।
दुर्घटनामा गम्भीर घाइते गोलेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।
२५ असार २०७९, शनिबार
0
Shares
प्रतिक्रिया