१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पानी नउमाली खाँदै नखानुहोस् 



काठमाडौं । वर्षायाम सुरु भएसँगै रुघाखोकी, भाइरल ज्वरो, झाडापखाला, हैजा, जन्डिस, टाइफाइडका बिरामी आउने क्रम बढेको छ । यो समयमा अत्यधिक वर्षा हुने र जसका पानीका मुहानमा फोहोर हुँदा यस्ता समस्या बढ्ने गर्छन् ।

रोगको जीवाणु फैलाउन सक्ने भेक्टर लामखुट्टे, मुसाहरूको संख्या बढ्दा मलेरिया, डेंगु, स्क्रब टाइफस, चिकनगुनियालगायतका रोगले पनि प्रकोपको रूप लिन सक्छ । यसका साथै यो सिजन भनेको खेतबारीमा काम गर्ने समय पनि हो । जसका कारण फंगल इन्फेक्सन (हिलोले खाएको) चिलाउने रोग पनि देखिन्छ । फंगल इन्फेक्सन हुँदा छालालाई सुक्खा राख्नु नै यसको उचित उपचार हो । 

ad

अन्य रोगबाट बँच्न भने यो समयमा खानेपानी र खानपानमा ध्यान दिनुपर्छ । खुला ठाउँमा, नढाकेर राखिएका ठेलामा राखेका खानेकुरा खानुहुँदैन । शुद्ध पानी पिउनुपर्छ । खानेपानीको स्रोतमा बाढी मिसिएको छ कि ? ढल निकास राम्रोसँग भएको छैन कि ? ख्याल गर्नुपर्छ । अहिले काठमाडौंमा हैजाको संक्रमण देखिएको एउटा कारण यो पनि हुन सक्छ ।

सबैभन्दा राम्रोे पिउनेपानी सधैँ उमालेर खायौँ भने धेरै रोगबाट बच्न सकिन्छ । यसकारण भकभक उमालेको पानी मात्रै खान म सबैलाई अनुरोध गर्छु । दूषित पानी प्रयोग गरी बनाएको खाद्य पदार्थबाट पनि बच्नुपर्छ । झिंगा भन्किएका, बासी, सडेगलेको खानेकुरा खानुभएन ।

वर्षासँगै देखिने यी रोगहरूको पनि आफ्ना आफ्नै लक्षण हुन्छन् । भाइरल इन्फेक्सनले निमोनिया बनाउन सक्छ, खोकी लाग्नु, ज्वरो आउनु यसको लक्षण हो । टाइफाइट भयो भने टाउको दुख्ने, ज्वरो आउने, पेट दुख्ने हुन्छ ।

झाडाबान्ता भयो भने तारान्तार पखाला लाग्ने, उल्टी हुने र हैजा हुँदा जलवियोजन हुने हुन्छ । मलेरिया भयो भने कामजोर आउँछ । यसको असर दीर्घरोगका बिरामीहरूमा बढी हुन्छ । मुटु रोगी, क्षयरोगका बिरामी, क्यान्सरका बिरामीसँगै वृद्धवृद्धालाई विशेष ख्याल राख्नुपर्छ । 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *