७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपामा कुटाकुट प्रकरण

महामन्त्री कुन्ती शाहीलाई पार्टीबाट निकाल्न माग



काठमाडौं। राप्रपाको भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले महामन्त्री कुन्ती शाहीको योजनामा आइतबार दुःखद घटना हुन पुगेको आरोप लगाएकी छन्। उनले महिला सङ्गठनको बैठकमा शाहीले कुटेर केही कार्यकर्ता घाइते भएको जिकिर गर्दै पार्टीबाट निष्कासन गर्न माग गरेकी छिन्।

महिला संगठनकी अध्यक्ष अञ्जना शाहले आइतबार नै पार्टी अनुशासन आयोगमा शाहीसहित कुमारी तामाङलगायतका पार्टी अनुशासन विपरितका काम गर्नेलाई पार्टी साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न उजुरी गरेकी छन्।

आफू नेतृत्वको कमिटीले पूर्णता पाइ नसकेको हुनाले उपलब्ध केन्द्रीय समिति सदस्यलाई बोलाएर अनौपचारिक छलफल गरेको उनको भनाइ थियो। तर, बैठक राख्न पाइँदैन भनेर शुरुमा कुमारी तामाङले विवाद निकालेको उनको दाबी छ। विवादका क्रममा तामाङ कुटपिटमा उत्रिएको र पछि शाही पनि आएर कुटपिट गर्न थालेको उनको आरोप छ।

उनले महामन्त्री राजेन्द्र गुरुङ विवाद मिलाउन जाँदा कुमारी तामाङले राजेन्द्रलाई पनि हातपात गरेर सामान्य घाइते भएको उनले बताइन्। सो क्रममा कुटाकुट हुँदा दुवै पक्षका केही नेता कार्यकर्ता घाइते भएको एक नेताले बताए।
अध्यक्ष राजेन्द्र लिङ्देनले शाहलाई महिला सङ्गठनको अध्यक्ष बनाएपछि लिङ्देन विरोधी समूहले असन्तुष्टि जनाउँदै आएको छ। यसो त पार्टीभित्र पछिल्लो समय विद्रोहको तयारी समेत भएको छ। अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कुन्ती शाहीसहित उपाध्यक्ष विक्रम पाण्डे, नेताहरु दिलनाथ गिरी, दिलविकासराज भण्डारी, दमन बस्नेतलगायतका नेताहरूले विद्रोहको तयारी गरेका हुन्।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १ : ३३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *