७ जेष्ठ २०८१, सोमबार | May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधुमेहका बिरामीले कति खाने आँप ?



काठमाडौं । मौसमअनुकूल फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । तर, कतिपयले आफ्नो स्वास्थ्य समस्याका कारण कुन फलफूल खान हुने र कुन नहुने भनेर थाहा नपाउन सक्छन् । यस्तो वेलामा चिकित्सकको परामर्श आवश्यक पर्न सक्छ । 

यो सिजन फलफूलको राजा भनिने आँपको सिजन हो । आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषकतत्व पनि मिल्छ । शरीरलाई चाहिने खनिज, भिटामिन ए, भिटामिन बी, पानी, पोटासियम, क्याल्सियमलगायत । तर, कतिपय व्यक्तिले सुगरका बिरामीले आँप खानुहुँदैन भन्ने गरेका छन् । यसै सन्दर्भमा भरतपुर अस्पतालका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीसँग कुराकानी गरेका छन् ।

ad

मधुमेहका बिरामीहरूलाई एकै सिजनमा पाइने धैरै फलफूलमध्ये एउटा मात्रै सेवन गर्न अनुरोध गर्छु । आँप बढी क्यालोरी भएको फलफूल हो । त्यसकारण, सुगरका बिरामीले आँप खाएको दिनमा अन्य फलफूल नखाँदा राम्रो हुन्छ ।

जीवनशैली, रहनसहन, सन्तुलित आहार र औषधिको नियमित सेवन छ भने खान नहुने भन्ने होइन । तर, आँप खाइन्छ भने अरू क्यारोरी पाइने, कार्बोहाइड्रेट अर्थात् सुगर बढाउने खानेकुरा सेवन गर्नुहुँदैन भन्ने हो । स्याउ, सुन्तला, मेवा, केरा, आँप मिलाएर खान पनि सकिन्छ । सुगरको लेवलअनुसार दिनमा कति आँप खाने भन्ने पनि छ । दुई सयभन्दा कम ब्लडसुगर भएका बिरामीले दिनको एउटा आँप खाँदा हुन्छ, तर बढी छ भने एउटाको आधा मात्र खानुपर्छ । त्योबाहेक अन्य फलफूल खाने हो भने मात्र घटाउनुपर्छ ।

एउटा आँपमा एक सयदेखि दुई सयसम्म क्यालोरी हुन्छ । एउटा सुगरका बिरामीले १८ सयदेखि दुई हजारसम्मको क्यालोरी बढीमा लिन सक्छ । आँप खाएर सुगर बिग्रिने भन्ने होइन । कति मात्रा खाने भन्ने मुख्य कुरा हो । चाहिनेभन्दा बढी खानु भएन । 
 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : १९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *