१५ जेष्ठ २०८१, मंगलबार | May 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य सचेतना : धूमपान गर्ने मानिसको आयु १३ वर्ष कम



धूमपानका विभिन्न नकारात्मक असरबारे जानकार हुदाँहुँदै पनि मानिसहरू यो घातक धुवाँ उडाइरहेका हुन्छन् । खराब हो भन्ने थाहा भएर पनि धूमपानलाई किन हल्का रूपमा लिएका होलान् ? विभिन्न अध्ययनले देखाएअनुसार धूमपान गर्नेहरू पनि एकपटक यो कुलतबारे सोच्न बाध्य हुन सक्छ । विश्व धूमपानविरुद्धको दिवसको अवसरमा यससम्बन्धी भयावह तथ्यांक सार्वजनिक भएको छ ।

-विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार विश्वभर करिब एक अर्ब ३० करोडभन्दा बढी मानिस धूमपान गर्छन् । 

ad

-विश्वमा सबैभन्दा धेरै चुरोट खाने मानिस भएको मुलुक चीनमा हो । चीन करिब ३० करोड मानिसले धूमपान गर्छन् । विश्वमा प्रयोग हुने प्रत्येक तीन चुरोटमा एक चुरोट चिनियाँ नागरिकले गर्छन् । चीनमा बर्सेनि १७ खर्ब अर्थात् प्रत्येक मिनेट ३० करोड खिली चुरोट खपत हुन्छ । 

-विश्व स्वास्थ्य संगठनकै तथ्यांकअनुसार सुर्तीजन्य सामग्रीको प्रयोगले बर्सेनि ८० लाख मानिसले ज्यान गुमाउँछन् । यसको अर्थ हो, प्रत्येक पाँच सेकेन्डमा एकजना मानिस धूमपानसम्बन्धी रोगका कारण मर्छन्, जुन एचआइभी, क्षयरोग र मलेरिया रोगका कारण हुने कुल मृत्युुभन्दा १० लाख बढी हो । 

-धूमपानका कारण हुने ८० लाख मृत्युमध्ये १२ लाख चुरोट खाने मानिससँग धेरै समय बिताउने नजिकका आफन्त वा परिचित हुन्छन् । प्यासिभ स्मोकर भनिने यी मानिस धूम्रमान नगरे पनि चुरोटको गम्भीर असरमा पर्छन् ।

-अमेरिकन क्यान्सर सोसाइटीका अनुसार धूमपान गर्ने मानिस नगर्ने मानिसभन्दा औसत १३ वर्षअघि मर्छन् ।

 -धूमपानले शरीरका हरेक अंगमा असर पु¥याउँछ । क्यान्सर, मुटु रोग, बाथ, छातीको रोग, मधुमेह र आँखाका केही रोग यसका परिचित असर हुन् । चुरोट धेरै खानेलाई फोक्सोको क्यान्सर हुने धेरैलाई थाहा छ, तर यसबाट शरीरका अन्य अंगमा पनि क्यान्सर हुने गर्छ । यसले मुख, रगत, बोनम्यारो, पाठेघर, एसोफेगस, ल्यारिक्स, सानो आन्द्रा, मिर्गौला, कलेजो, प्यान्क्रियाज, गुदद्वार, पेट, पिसाब थैली र घाँटीमा क्यान्सर गराउँछ ।

 -धूमपानले मुटु रोग तथा स्ट्रोकको जोखिम पनि बढाउँछ । 

 -विश्वभरका सरकारले चुरोट र सुर्तीमा लगाएको करबाट अर्बौँ कमाउँछन् । सन् २०१९ मा अमेरिकाले सुर्ती करमार्फत २७.३ अर्ब डलर संकलन गरेको थियो । सुर्तीजन्य पदार्थमा लागेको कर रकम झट्ट हेर्दा ठूलो लागे पनि चुरोटले निम्त्याउने जनस्वास्थ्य खर्च त्योभन्दा धेरै छ । अमेरिकाको सेन्टर अफ डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार धूमपानबाट लाग्ने रोगको उपचारमा सन् २०२० मा अमेरिकी नागरिकले करिब एक खर्ब ७० अर्ब डलर खर्च गरे । त्यसबाहेक धूमपानका कारण जनशक्ति अस्वस्थता तथा अल्पायुमै भएको मृत्युबाट उत्पादकत्वमा एक खर्ब ५६ अर्ब डलरभन्दा क्षति पुगेको थियो । 

-धूमपानले विपन्नहरूलाई बढी प्रभावित बनाउँछ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वका ८० प्रतिशत चुरोट खाने मानिस न्युन तथा मध्यम आय भएको मुलुकमा बसोवास गर्छन् । धनी देशका पनि विपन्न जनसंख्यामा चुरोट खाने दर बढी छ । 

-सामान्य चुरोटमा ६ देखि ९ ग्राम निकोटिन हुन्छ, तर चुरोट जल्दा केही हिस्सा उडेर जाने भएकाले एउटा चुरोट खाँदा व्यक्तिले एकदेखि दुई ग्राम निकोटिन निलिरहेको हुन्छ, जसमध्ये ०.०३ मिलिग्राम निकोटिन रक्तधारमा सोसिन्छ । वैज्ञानिकका अनुसार पाँचवटा चुरोटमा प्रयोग हुने निकोटिन कुनै व्यक्तिले एकैपटक खायो भने उसको ज्यान जान्छ । 

-अमेरिकाको नेसनल इस्टिच्युट अफ हेल्थअन्तर्गतको नेसनल क्यान्सर इन्स्टिच्युटका अनुसार चुरोटमा ७००० भन्दा बढी केमिकल हुन्छन् । २५० केमिकल पूर्णतः हानिरहित हुन्छन् । तर, करिब ६९ केमिकल क्यान्सर गराउने भनेर पहिचान भएका छन् र तीमध्ये पनि १६ केमिकल त क्यान्सर गराउने भनेर वर्गीकृत समूह १ मा पर्छन्। 

-चुरोटमा पाइने बेन्जिन बोनम्यारोको रक्तक्यान्सरको प्रमुख कारण हो । 

-यसबोहक पनि चुरोटमा रेडियोधर्मी सिसा, पोलोनियम र हाइड्रोजन साइनाइट पनि हुन्छ । दोस्रो विश्वयुद्धमा आमनरसंहारका लागि हाइड्रोजन साइनाइट प्रयोग गरिएको थियो । 
– एजेन्सी

प्रकाशित मिति : २० असार २०७९, सोमबार  १० : ५१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *