१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा ‘खुडी, सडक र संघर्ष’ अभियान



नेपाली गजलकार कमल संघर्षले भारतमा ‘खुडी, सडक र संघर्ष’ अभियान सम्पन्न गरेका छन् । गुजरातको सुरत, भरुच, तेलंगनाको हैदरवाद, महाराष्ट्रको पुणे र मुम्बइमा यो अभियान सम्पन्न भएको हो ।

१ कार्तिकमा भारत गुजरातको सुरतबाट अभियान सुरु भएको थियो । ३ कात्तिकमा गुजरातकै भरुच, ६ मा तेलङ्गानाको हैदरावाद, १० मा महाराष्ट्रको पुणे र १३ मा मम्बईमा ‘खुडी, सडक र संघर्ष’ अभियान चलेको जानकारी दिइएको छ । 

अरेबिक, परसियन, इरानी, उर्दू हुँदै हिन्दीमा परिणत भएको गजल यो पटक नेपाली गजलकार संघर्षले अभियानकै रूपमा भारतका पाँच शहरमा नेपाली भाषामा गुञ्जयमान गराएपछि गजल विधामा अर्को उत्साह थपिएको छ । 

गजल संग्रह खुडी र सडकका रचना सुन्न र सुनाउन गुजरातमा ऊर्जावान युवा समूह, हैदरावादमा सुदूरपश्चिमेली नेपाली समाज, पुणेमा सिर्जनशील बचत समूह, पिम्पिरी र मुम्बइमा मनका लहर साहित्यमञ्च भारत र सृष्टि मनि ट्रान्सफरले प्रवासमा रहेका नेपाली र केही भारतीयहरुलाई भेला गरेर भव्य समारोह नै आयोजना गरेका थिए । यो अवसरलाई परदेशमा बसेर साहित्य सिर्जना गरिरहेका साहित्य प्रेमीहरूले उत्सवका रूपमा मनाएका छन् । 

मनका लहर साहित्य मञ्च भारत र सृष्टि मनि ट्रान्सफरको सहकार्यमा मुम्बईको सायनमा सम्पन्न कार्यक्रममा गजलकार संघर्षका गजलकृति खुडी र सडकलाई स्वागत तथा सार्वजनिक गरिएको थियो । कार्यक्रममा उनले नेपाली र अछामी भाषामा लेखिएका दुई दर्जन गजल सुनाएका थिए । मुम्बई मेहफिलमा मुम्बई आसपासका एक दर्जन बढी अन्य श्रष्टालेसमेत रचना सुनाएका थिए ।


अछाम जिल्लामा जन्मिएका संघर्ष पछिल्लो समय अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रको विकास र विस्तारमा सक्रिय छन् । उनी नौखुवा छमास्या पत्रिकाका प्रधानसम्पादकसमेत हुन् । उनका कैफियत ०७० संयुक्त गजलसंग्रह, सडक ०७३ एकल गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेखरचना प्रकाशित छन् । प्रथमपटक रचनावाचनले प्रकाशन गरेको सडकको दोस्रो र तेस्रो संस्करण शिखा बुक्सले प्रकाशन गरेको हो । 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ९ : २४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *