१६ बैशाख २०८१, आइतबार | Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आहा, तिलिचो ताल !



मनाङ जिल्लालाई यत्तिकै हिमालपारिको जिल्ला भनिएको होइनरहेछ, प्राकृतिक सुन्दरताले भरिपूर्ण अग्ला पहाड र सेताम्मे हिउँले ढाकिएका हिमाल र मनमोहक दृश्य । त्यसमध्ये पदयात्राका लागि छुटाउनै नहुने प्रमुख गन्तव्य बनेको तिलिचो ताल । यहीकारण मनाङमा आन्तरिक र बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ ।

समय अनुकूलतामा तिलिचो तालको वरपर क्षेत्रमा बसेर प्राकृतिक दृश्यावलोकन गर्ने मानिसहरूको भिड लाग्ने गर्छ । त्यसैले, अचेल तिलिचो ताल पदयात्राको लोकप्रिय गन्तव्य बन्दै गएको छ । हिमाली जिल्ला मनाङमा पर्ने यो ताल विश्वको सबैभन्दा बढी उचाइमा रहेका तालहरूमध्येको एक हो । समुद्र सतहदेखि ४९१९ मिटर उचाइमा रहेको यो ताल आन्तरिक र बाह्य दुवै पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सफल भएको छ । मनाङको खाङसार भन्ने ठाउँसम्म गाडी जाने सडक निर्माण भएको छ । पदयात्रीहरू त्यहाँसम्म गाडीमा जान सक्छन् । खाङसारबाट पदयात्रा सुरु गरेर श्रीखर्क, माथिल्लो श्रीखर्क, तिलिचो बेसक्याम्प हुँदै तिलिचो तालसम्म पुग्न सक्छन् ।

तिलिचो ताल जाने पदयात्रीहरूमध्ये अन्नपूर्ण सर्किट मार्गको प्रयास गर्ने पदयात्रीहरू मनाङ र कालीगण्डकी उपत्यकाबीचको ५४१६ मिटर अग्लो थोरङ ला पासको जलाधार पार गर्छन् । उत्तरतर्फ तिलिचो तालछेउछाउको वैकल्पिक मार्ग पनि लोकप्रिय बन्दै गएको छ । यो मार्गको अत्यधिक माग छ ।

कम्तीमा एक रातको शिविर आवश्यक छ । ताल र कालीगण्डकी उपत्यकाको थिनी गाउँको अर्को गाउँदेखि केही दूरी पूर्वमा तिलिचो आधार शिविर लजभन्दा अगाडि कुनै चियाघर वा लज छैनन् । धेरैजसो समूहले यी ठाउँबीच दुई रात बिताउँछन् । ठिनी गाउँ र जोमसोम जाने दुईवटा बाटा छन् । मेसोकान्टो ला र तिलिचो नर्थ पासलाई तिलिचो ‘पर्यटक पास’ पनि भनिन्छ । तिलिचो ताल हुँदै जाने यी मार्ग माथिल्लो थोरङ ला हिउँले प्रायः बन्द हुन्छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : ५५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *