१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशको बेरुजु चार खर्ब ८३ अर्ब



काठमाडौं । यो वर्ष देशको बेरुजु चार खर्ब ८३ अर्ब पुगेको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा एक खर्ब १५ अर्बले बढेर चार खर्ब ८३ अर्ब पुगेको हो ।
आज महालेखापरीक्षकको कार्यालयले ५९ औँ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी गराएको छ । बुधबार महालेखापरीक्षक टंकमणि शर्माले राष्ट्रपतिलाई आर्थिक वर्ष ०७७–७८ को प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा उल्लेख भएअनुसार ‘संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको बेरुज चार खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख रूपैयाँ रहेको छ,’ प्रतिवेदनमा भनिएको छ । अद्यावधिक बेरुजु गत वर्षभन्दा १५.दशमलव ४६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ५ : ३१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *