७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस महामन्त्री गगन र विश्वप्रकाशको कडा आलोचना



काठमाडौं । कांग्रेस महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको कडा आलोचना भएकोे छ । आज बसेको केन्द्रीय समिति बैठकमा नेताहरुले दुबैको आलोचना गरेका हुन् ।
उनीहरुले एक्लै गुटको बैठकमा उपस्थीति हुने गरेको र जनमानसमा चर्चा बटुल्न आफ्नै पार्टीका विरुद्ध बोलेको जस्ता आरोप नेताहरुले लगाएका हुन् ।
डाक्टर शेखर कोइराला पक्षले बोलाएको भेलामा महामन्त्री थापा सहभागी भएको उनीहरुको आरोप छ । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री भएर गुटको बैठकमा किन सहभागी भएको भनी थापामाथि प्रश्न गरेका थिए । उनले यसरी नै गुटमा सहभागी भए महामन्त्रीलाई नै बहिस्कार गर्ने चेतावनी दिएका थिए ।
केन्द्रीय सदस्य रामजनम चौधरीले महामन्त्रीहरुले पार्टीको आलोचना गरेको भन्दै असन्तुष्टि जनाए । उनले पार्टी कार्यकर्ताको हौसला बढाउने खालको अन्तर्वार्ता दिन महमामन्त्रीहरुलाई आग्रह गरे ।
विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्न माग गर्दै महामन्त्री थापा र शर्मा निर्वाचन आयोगमा पुगेको विषयमा पनि नेताहरुले आलोचना गरेका थिए । नेता राजीव ढुंगानाले पार्टीको संस्थागत निर्णयविना महामन्त्रीहरु निर्वाचन आयोग जानु बेठीक भएको बताए ।
पार्टीको हित नचाहने तर ब्यक्तिगत हितका लागि ठाउँ ठाउँमा सड्यन्त्र गर्न नहुने उनीहरुले तर्क गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ०३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *