काठमाडौं । श्रीलङ्कामा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय पनि कब्जा गरेका छन् । बुधबार प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा पनि प्रदर्शनकारी छिरेको बीबीसीले जनाएको छ ।
यसअघि प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको निवास कब्जा गरेका थिए ।
कोलम्बोको फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा सयौँ प्रदर्शनकारी पुगेर झन्डा फहाराएको र खुसी मनाएका दृष्य सार्वजनिक भएका छन् ।
त्यसरी भित्र पस्नुअघि उनीहरूको प्रधानमन्त्री कार्यालयबाहिर घण्टौँसम्म सशस्त्र प्रहरीसँग झडप भएको थियो।
प्रधानमन्त्रीको राजीनामा माग गर्दै बिहानैदेखि हजारौँ प्रदर्शनकारीले आन्दोलन चर्काएका थिए ।
२९ असार २०७९, बुधबार
26
Shares
प्रतिक्रिया