१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधि सभाले आज उपसभामुख पाउने



काठमाडौं । साढे दुई वर्षपछि संघिय संसद (प्रतिनिधि सभा) ले आज उपसभामुख पाउने भएको छ । शुक्रबार दिउँसो हुने निर्वाचनपछि साढे २ वर्ष देखि रिक्त रहेको उपसभामुख पाउने भएको हो ।
रिक्त रहेको उपसभामुख पदका लागि प्रतिनिधिसभामा दिउँसो ३ बजे निर्वाचन हुँदैछ । उपसभामुखका लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गराएकी छन् । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।
तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएकी थिइन् । त्यसपछि रित्त पदपूर्तिको लागि चुनाव हुन लागेको होे । उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। हाल २ सय ७१ सांसद छन्। जसको बहुमत १ सय ३६ हो ।
सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन् । यसकारण प्रतिनिधिसभाको अंकगणित अनुसार गठबन्धनकी उम्मेदवार भुसालको जित सुनिश्चित छ। गठबन्धनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन् ।
एमालेको पक्षमा भने ९८ सांसद मात्रै छन्। त्यसमा पनि सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा संलग्न छन् । १३ सांसद रहेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साथ दिने गठबन्धनका नेताहरूले दाबी गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : २४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *