१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताइवानको वायुरक्षा क्षेत्रमा चीनका २९ लडाकु विमान छिरे



ताइपेई । चीनले ताइवानको वायुरक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ । ती विमानमध्ये १७ वटा लडाकु विमान, ६ बमवर्षक र अन्य सहयोगी विमानसहितका लडाकु विमानहरू दक्षिणपश्चिम क्षेत्रबाट म‌ंगलबार टापुको वायुरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको द स्टार अखबारले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।

यसअघि शुक्रबार अमेरिकी नौसेना पी – ८ ए  पोसेइडोन टोही विमान ताइवान स्ट्रेटमाथि उडेको थियो। ताइवान स्ट्रेटमा अमेरिकी निगरानी विमानको उडान ‘स्वतन्त्र र खुला इन्डो-प्यासिफिकको लागि अमेरिकाको प्रतिबद्धता’ को प्रदर्शनको रूपमा बुझ्ने गरिन्छ । ताइवानको विषयमा चीनले पछिल्लो समय सुरक्षा व्यवस्थालाई कडा पार्ने प्रयास गरिरहेको छ भने अमेरिकाले पनि यस विषयलाई अत्यन्तै महत्त्वपूर्ण रणनीतिक चासोका साथ अध्ययन गरिरहेको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : १० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *