१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डद्वारा भारतमा उच्च स्तरीय भेटवार्ता सुरु



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतमा भेटघाट सुरु गरेका छन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले शनिबार र आइतबार उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम अन्तरगत भेट सुरु गरेका हुन् ।
अहिले उनले उच्च स्तरीय नेता सँगको भेटका विषयमा आफ्नो भ्रमण दलमा रहेका सदस्य र भारतीय टोली सँग छलफल गरिरहेका छन् ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्डले शनिवार दिउँसो भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन् ।
यसैगरी उनले शनिवार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनले आइतवार भोलि बिहान भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । अध्यक्ष प्रचण्ड भोलि नै स्वदेश फर्कने कार्यक्रम छ ।
करिब डेढ महिना पहिले नेपालका लागि तत्कालिन भारतीय राजदूत क्वात्राले अध्यक्ष प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणमा आउन निम्तो दिएको प्रचण्डका स्वकीय सचिव मल्लले बताए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : ११ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *