१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीले धारणा राख्ने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शनिवार दिउँसो १ बजे बस्दैछ । बैठकमा पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको छ ।
यो भन्दाअघि बैठकमा पार्टी र समसामयिक राजनीतिका विषयमा पार्टी केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए । गएको बिहीबारको बैठकमा केन्द्रीय सदस्यले भनाइ राख्ने क्रम सकिएपछि शनिवार आज बस्ने बैठकमा पदाधिकारीले धारणा राख्ने भएका हुन् ।
आफु लोकप्रिय हुन पार्टीको आलोचना गरेको र गुटको बैठकमा सहभागी भएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको केन्द्रीय सदस्यहरूले आलोचना गरेका थिए । साथै उनीहरूले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कामकारबाहीबारे पनि प्रश्न उठाएका छन् ।
पदाधिकारीले केन्द्रीय सदस्यले उठाएका यिनै विषयमाथि धारणा राख्नेछन् । कांग्रेसमा सभापति, उपसभापति, महामन्त्री र सह–महामन्त्री गरी १४ जना पदाधिकारी रहेका छन् । जसमध्ये कोषाध्यक्ष भने सभापति शेरबहादुर देउवाले हालसम्म मनोनीत गरेका छैनन् ।
पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा समयमै उपस्थीति हुन कांग्रेसले पदाधीकारीहरुलाई खबर गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ९ : २४ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *