१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

असार सकियो रोपाइँ सकिएन, ५५ प्रतिशत मात्र रोपाइँ



काठमाडौं । देशभर असार अन्त्यसम्म ५५ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यो अवधिमा करिब ७७ प्रतिशत बढी खेतहमा रोपाइँ सम्पन्न भइसकेको थियो ।
गत वर्ष मौसम अनुकूल रहेको हुँदा धान रोपाइँ छिटो भएको र यस वर्ष पश्चिम–तराईमा पानीको अभाव हुँदा रोपाइँ ढिलो भएको बाली विकास तथा जैविक विविधता केन्द्रका प्रमुख महानन्द जोशीले बताए । यो सँगै यो वर्र्ष किसानलाई मलको चरम अभाव र मौसम प्रतिकूल हुँदा धान रोपाइँ गत वर्षको भन्दा कम हुने अनुमान गरिएको उनले बताए ।
बाली विकास तथा जैविक विविधता केन्द्रका अनुसार लुम्बिनी, बाँके, बर्दिया, कपिलवस्तुलगायत क्षेत्रमा नहर नहुँदा त्यहाँका किसान अकासेपानीको भरमा धान रोप्नुपर्ने बाध्यतामा छन् । मधेसतिर मलको अभाव झेल्न किसान बाध्य छन । करिब ४३ प्रतिशत जमिन अकासेपानीको भरमा रोप्नुपर्ने हुनाले पानी र मलको अभावले रोपाइँ कम हुन पुगेको जोशीले बताए ।
सुदूरपश्चिम प्रदेशमा ८८ प्रतिशत रोपाइँ भएको छ । जेठको दोस्रो सातादेखि नै रोपाइँ सुरु हुन थाल्ने हुँदा सबैभन्दा धेरै रोपाइँ भएको जोशीले बताए । त्यसैगरी, गण्डकी प्रदेशमा ७९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । बागमतीमा ६५ प्रतिशत, कर्णालीमा ५६ प्रतिशत, लुम्बिनीमा ५३ प्रतिशत रोपाइँ सम्पन्न हुँदा मधेस प्रदेशमा ३९ प्रतिशत र प्रदेश १ मा ४९ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १० : १० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *