११ बैशाख २०८१, मंगलबार | Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्प प्रभावित अफगानिस्तानका लागि एक करोड अमेरिकी डलर विनियोजन



संयुक्त राष्ट्रसंघले आफ्नो केन्द्रीय आपतकालीन प्रतिक्रिया कोष (युएनसिइआरएफ) बाट भूकम्प प्रभावित अफगानिस्तानका लागि आइतबार एक करोड अमेरिकी डलर विनियोजन गरेको छ । देशको पूर्वी भेगमा गएको भूकम्पबाट प्रभावित अफगानी जनतालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले बजेट विनियोजन गरेको हो ।

मानवीय मामिला तथा आकस्मिक उद्धार संयोजक तथा उपमहासचिव मार्टिन ग्रिफिथ्सले भूकम्पका कारण प्रभावित मुलुकमा आवश्यक सहयोगका लागि तत्काल उक्त सहयोग पठाउन लागिएको बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

ad

‘भग्नावशेषमा पुरिएका बालबालिकासहित सयौँ मानिसहरूले ज्यान गुमाएका छन् । अन्य थुप्रै घाइते भएका छन् । घरहरू भत्किएका छन्,’ ग्रिफिथ्सले एक ट्विटमा लेखेका छन्, ‘भूकम्प अफगानिस्तानमाथि आइपरेको सबैभन्दा पछिल्लो दुःखद घटना हो । मैले तत्काल मद्दत गर्न एक करोड अमेरिकी डलर विनियोजन गराएको छु ।’

बुधबार राजधानी सहर काबुललगायत अफगानिस्तानका केही भागहरूमा ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी पाक्तिका प्रान्तका बारमल र गियान जिल्ला र खोस्ट प्रान्तको स्पेरा जिल्लामा एक हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको अनुमान गरिएको छ । यसबाहेक, सबैभन्दा बढी प्रभावित जिल्लाहरू बर्माल, गियान र स्पेरामा करिब एक हजार ५०० गम्भीर रूपमा घाइते भएका छन् । भूकम्पमा परी १० हजारभन्दा बढी घरहरू भत्किएका छन् । 

भारतले पनि तालिबान अधिकारीहरूको उपस्थितिमा शुक्रबार अफगानिस्तानलाई दोस्रो चरणको मानवीय सहयोग हस्तान्तरण गरेको थियो । रासस

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : १३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *