१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जसपा : दुई केन्द्रीय सदस्य सहित ६९ जनाद्वारा राजीनामा



वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) का दुई केन्द्रीय सदस्यसले राजीनामा दिएका छन् । उनीहरु सँगै अन्य हित ६७ नेता कार्यकर्ताले पनि सँगै राजीनामा दिएका छन् ।
पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र यादव, टेकबहादुर शाक्य, प्रदेश समिति सदस्य सलाउदीन अहमद, क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्य कृष्ण मोहन यादवसहित सबै ६९ नेता कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका हुन् ।
शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै पार्टीमा पछिल्लो समय स्वेच्छाचारिता बढेको, एकलौटी ढंगबाट सञ्चालन भएको, पार्टीमा ठेकेदार र भ्रष्टाचार हाबी भएको आरोप लगाउँदै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १२ : ३५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *