१२ बैशाख २०८१, बुधबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाका कारण मोरङमा एक जना कैदीबन्दीको मृत्यु



काठमाडौं । कोरोना महामारीका कारण मोरङमा एक जना कैदीबन्दीकोे मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता कोरोना फैलिएको छ । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोशी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेकामध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १८ जनाको भने उपचार भइरहेको छ ।

अस्पताल पुर्याइएका मध्ये १६ जनालाई एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण रहेकाे छ । बिहीबार अस्पताल भर्ना भएका विरामीको शुक्रबार एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतालले जनाएको छ ।

सबै जनाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको अस्पतालले जनाएकाे छ । बिहीबार अत्यधिक ज्वरो आएपछि कोशी अस्पतालमा भर्ना गरिएका १९ जना कैदीबन्दीमध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो ।

मृतको शव बुझेर आफन्तले लगिसकेका छन् । कारागारमा हाल १ हजार ८७ जना कैदी बन्दी रहेका छन् ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  २ : २२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *