बाजुरा । बाजुरा जिल्लामा भूकम्प गएको छ । आज सोमबार बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्यागेन्च्युटको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । उनका अनुसार यो भुकम्पले क्षति भए नभएको कुनै विवरण भने आइसकेको छैन् ।
भुकम्पका कारण स्थानीयहरु केहिबेर त्रसित बनेका थिए ।
२ श्रावण २०७९, सोमबार
1.2k
Shares
प्रतिक्रिया