१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा नयाँ राष्ट्रपतिका लागि आज मतदान



नयाँ दिल्ली । भारतमा नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदैछ । राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले अब नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो ।
सोमबार बिहान १० बजदेखि साँझ ५ बजेसम्म संसद भवन र राज्य विधानसभामा मतदान हुने र २१ जुलाईमा मत गणना हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । २५ जुलाईमा नयाँ राष्ट्रपतिको शपथ ग्रहण हुने छ ।
राष्ट्रपति पदका लागि सत्तारुढ भाजपाको तर्फबाट द्रौपदी मुर्मु र विपक्षीको तर्फबाट यशवन्त सिन्हा उम्मेदवार छन् । उनीहरुको पक्षमा महोल बनाउन शुभचिन्तकहरु सक्रिय रुपमा लागिरहेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ११ : २० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *