२० आश्विन २०८१, आइतबार | Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा १७ हजारभन्दा बढीमा कोभिड-१९ संक्रमण



नयाँदिल्ली ।  बिहीबार मध्यराति अर्थात् २४ घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७० संक्रमित भएका छन्। हाल भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार करोड ३४ लाख ६९ हजार २३४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको हो। 

चौबीस घण्टाको समयावधिमा कोरोना संक्रमणमा २३ को मृत्यु भएको थियो । कोरोना सुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार १३९ को मृत्यु भएको छ। हाल भारतमा एक लाख सात हजार १८९ सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमित एक लाखभन्दा बढी भएको गत छ महिनायता हिजो दोस्रो दिन हो।  

ad

पछिल्लो एक दिनमा १४ हजार ४१३ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाले कुल संख्या चार करोड २८ लाख ३६ हजार ९०६ पुगेको छ। कोरोना भाइरस निको हुने यो दर ९८.६१ प्रतिशत रहेको छ। 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ११ : ३२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *