१६ बैशाख २०८२, मंगलबार | Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४ सय ५७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु



काठमाडौं । देशभर थप ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरानाकै कारण एकजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको रेकर्ड अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेकोमा ४५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो वितेका ५ महिनायताकै उच्च संक्रमण हो ।
जसमध्ये २ हजार ३४१ जनाको पीसीआर परीक्षण गर्दा ३८६ जना र २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।
अहिले १ हजार ७०१ जना होम आइसोलेसनमा छन् भने ७५ जना संस्थागत आइसोलेसन र ११ जना आईसीयूमा सुरक्षित बसिरहेका छन् । यस्तै १५ जनाको आईसीयू र एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ ।
थप एक जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउने ११ हजार ९५४ जना पुगेका छन् भने नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ७९३ पुगेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ५ : ४३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *