८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काबुल मस्जिद बम विस्फोटनमा २१ जनाको मृत्यु



काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा बुधबार साँझ प्रार्थनाको समयमा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरुसहित कम्तीमा २१ जनाको मृत्यु भएको छ भने अन्य ४० भन्दा बढी घाइते भएका छन् ।

विस्फोटनमा मौलबी मुल्ला अमिर मोहम्मद काबुली पनि मारिएका छन् । घाइते हुनेमा बालबालिका पनि छन् । धार्मिक स्थलमा भएको यो आततायी आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । पछिल्लो समय इस्लामिक स्टेट समूहको स्थानीय संगठनले तालिबान र सर्वसाधारणलाई लक्षित गर्दै अफगानिस्तानका विभिन्न भागमा आक्रमण बढाएका छन् । गत साता पनि उक्त समूहले एकजना प्रमुख तालिबान धर्मगुरुको हत्या गरी जिम्मेवारी पनि लिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार सहरको खेर खन्ना नजिकैको सिद्दिकिया मस्जिदलाई लक्षित गरी आत्मघाती आक्रमणकारीले विस्फोट गराएका थिए । काबुल प्रहरी प्रमुखका लागि तालिबानद्वारा नियुक्त प्रवक्ता खालिद जाद्रानले मस्जिदभित्र भएको विस्फोटको पुष्टि गरे पनि हताहती र घाइतेको विवरण भने उपलब्ध गराएका छैनन् । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विस्फोटको निन्दा गर्दै यस्तो जघन्य अपराध गर्नेलाई चाँडै न्यायको कठघरामा ल्याइने प्रतिबद्धता जनाएका छन् । 

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ७ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *