१६ चैत्र २०८०, शुक्रबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावपछि माधव, बाबुराम र मेरो एउटै पार्टी हुन्छ : प्रचण्ड



गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल र बाबुराम भट्टराईको पार्टीसँग अब चुनाव लगतै एकता हुने बताएका छन् ।


नेपाल जेसिजको क्षेत्र ’ख’ सम्मेलन उद्घाटन गर्न शुक्रबार गोरखामा उनले नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसँग पार्टी एकता गर्ने तयारी भएको बताएका हुन् ।


तर चुनावका लागि विशेष सममिति बनाइने र चुनावपछि मात्र एकता हुने भएकाले तत्काललाई भने त्यो सम्भावना नरहेको उनले बताए ।
गठबन्धन बच्ने र चुनाव जित्नेलाई मुख्य आधार बनाएर सिट बाँडफाँट हुने भन्दै उनले गठबन्धन बचाउने ढंगले सिटबाडफाँट हुने उनले बताए ।


यसअघि कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सिट बाँडफाँटका लागि कार्य दलले गरिरहेको काम सकारात्मक दिशातिर रहेको उनको बताएका थिए ।


स्थानीय चुनावमा जस्तो हतारो र चटारो गरी अन्तिम समयसम्म नटुंगिने र टुंगिएपछि मान्छेलाई सम्झाउन पनि नभ्याइने गरी काम नगर्ने उनले बताए।

आफू दुई पटकसम्म प्रधानमन्त्री भएको हिसाबले हालै सम्पन्न भएको स्थानीय चुनावमा सबै ठाउँमा आफैंले चुनाव जिते जस्तो लागेको उनले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ७ : ३० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *