८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६५८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु



काठमाडौं । वितेको २४ घण्टामा फेरि ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
तीन हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र तीन हजार २६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी ६५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर चार हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।


४ हजार १३४ जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइशोलेशन र ५० जना आईसीयूमा छन् ।
एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार ९४० पुगेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : ०१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *