१५ चैत्र २०७९, बुधबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शक्तिशाली भूकम्पले चीनमा कम्तीमा ६५ को मृत्यु



चीनको सिचुवान प्रान्तमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ६५ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार ६.८ म्याग्निच्युडको भूकम्प आएको हो । भूकम्पमा परेर थुप्रै घाइते भएका छन् भने दर्जनौँ घाइते भएका छन् । 

भूकम्पले सडकमा धाँजा फाटेका छन् । पहाडमा पहिरो गएको र प्रभावित क्षेत्रका १० हजार घरमा दूरसञ्चार सेवा अवरुद्ध भएको अधिकारीहरूले जनाएका छन् । 

मृत्यु हुनेहरूमा यान सहर र छिमेकी प्रान्त गान्जीका धेरै छन् । चिनियाँ भूकम्प नेटवर्कले सेन्टरले सो भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट दुई सय २६ किलोमिटर दक्षिण पश्चिमस्थित दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहरमा रहेको जनाएको छ । भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १ : १२ बजे