६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस आफ्नो अडानबाट पछि हट्यो, अब सहमति हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटमा नेपाली कांग्रेस आफ्नो अडानबाट पछि हटेको दाबी गरेका छन् ।
धनगढीमा मंगलबार विहान पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले गठबन्धन गरेर चुनावमा जाँदा काङ्ग्रेसले एक सय सिटको अडान त्यागेकाले अब सहमति हुने बताए ।

प्रचण्डका अनुसार कांग्रेस प्रतिनिधिसभामा ८० सिट हाराहारीमा चुनाव लड्न तयार भएको छ ।
प्रचण्डले भोलि बुधबार बेलुकासम्म सबै सहमति हुने दाबी पनि गरे । केही नमिलेका विषय शिर्ष नेता बसेर टुङ्गो लगाउने उनको भनाई छ ।
अर्को प्रसंगमा प्रचण्डले संसदको आयू एक दिन पनि नथपिने बताए ।

मनोनयन दर्ता भएकै दिन संसद र सांसदको आयू सकिने भन्दै उनले यसमा शंका नगर्न आग्रह गरे ।
प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ बाटै उठने स्पष्ट पारे ।

उनले भने, ‘धेरैतिरबाट सिफारिस भए पनि म चितवन ३ बाटै लड्ने हो । धेरै डुलिंसके अब चितवन नै हो मेरो ।’
उनले चुनावपछि आन्दोलनमा जाने भनि दिएको अभिव्यक्तिको बचाउ गरे । अहिलेको निर्वाचन प्रणाली र शासकिय स्वरुप जनताको पक्षमा नभएकाले फेर्नका लागि आफूले त्यसो भनेको उनको भनाई छ ।
प्रचण्डले चुनावपछि गठबन्धनबाट को प्रधानमन्त्री बन्छ भन्ने संचारकर्मीको जिज्ञासामा त्यसबारे अहिलेसम्म केही तय नभएको जनाए ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १ : ३१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *