१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालीले भारतमा पनि मनाए तिज



महाराष्ट्र । भारतमा रहेका नेपालीहरुले यो वर्षको हरितालिका तिज भब्य रुपमा मनाएका छन् । हरेक वर्ष झै यो वर्षपनि उनीहरुले बैंलोर, पुणे र अधेरी लगायत महाराष्ट्रमा तिज मनाएका हुन् ।
नेपाली संस्कृति परिषद (अन्तर्राष्ट्रिय) महाराष्ट्र राज्य समिति भारत को आयोजनामा क्रषिपञ्चमी सम्म उनीहरु धुमधामका साथ भब्य नाचगान गरेर ठाउँठाउँमा तिजको रमाइलो गरेका थिए ।
परिषद अन्तर्राष्ट्रिय महाराष्ट्र राज्य समिति सदस्य कमलसिंह को अध्यक्षता भएको कार्यक्रममा महाराष्ट्र राज्य समितिका उपाध्यक्ष र सदस्य लगायत अन्य संघ संस्था तथा संगठनका अतिथिको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन दिप प्रज्वलन सहित नेपाल र भारतकोराष्ट्रिय गितबाट गरिएको थियो भने उक्त कार्यक्रममा केन्द्रीय उपाध्यक्ष सदानन्द शर्माले स्वागत मन्तव्य राखेर नेपालीहरुको महान पर्व विश्वमा फैलिनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली महिला दिदिबहिनिहरुले हरितालिका तीज विशेष नृत्य प्रस्तुत गर्नुका साथै तिजगित प्रतियोगिता समेत भएको थियो । जसमा प्रथम, द्वित्तीय,र तृतीय हुनेलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।
कार्यक्रमको संचालन नेपाली संस्कृति परिषद महाराष्ट्र राज्यका सचिव प्रेम सिंहको नेतृत्वमा केशर सिंहले गरेका हुन् । हरितालिका तिजकै अवसरमा भारतको पुणे र बैंगलोरमा शिव सेना नेपाल र सुदुरपश्चिम सेवा समाजको संयुक्त आयोजनामा भब्य कार्यक्रम गरिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  २ : ३३ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *