१४ चैत्र २०७९, मंगलबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरियामा एकै दिन ९९ हजार संक्रमित



सोल (सिन्ह्वा)। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा कोभिड–१९ संक्रमण र मृत्युदर घटेको बताए पनि दक्षिण कोरियामा भने उल्लेखनीय रुपमा घटेको छैन।

सोमबार मध्यरातसम्म सार्वजनिक विवरणअनुसार ९९ हजार ८ सय ३७ जना नयाँ संक्रमित थपिएका छन्। हाल दक्षिण कोरियामा संक्रमितको संख्या २ करोड ३७ लाख ६ हजार ४ सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले मंगलबार जानकारी दिएका छन्।   

सोमबार कोरोना संक्रमणका कारण ४३ जनाको मृत्यु भएसँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको संख्या २७ हजार १ सय ९३ पुगेको छ।  भारतमा भने एक दिनमा ४ हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ।

यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म ४ हजार ४ सय १७ जना संक्रमित भएका संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ५ : २० बजे