१५ चैत्र २०७९, बुधबार | Wed Mar 29 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले विद्यार्थी संगठनलाई पुल्पुल्याए : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष प्रचण्डले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै अर्थमन्त्री समेत रहेका शर्माले यस्तो बताएका हुन् ।
उनले अराजकता गर्नेलाई नेतृत्वले पुल्पुल्याउने काम खराब भएकाले त्यस्तो कुरा मान्य नहुने बताए ।

उनले संगठन विधि र पद्धतीमा चल्नुपर्ने बताए । पार्टीमा एकले अर्काको बिरुद्धमा अध्यक्षसमक्ष कुरा लगाउने प्रवृति रहेको भन्दै उनले एउटाको कुरा सुनेर अर्कोप्रति मनमुटाव साँध्नेकाम विद्यार्थी संगठनको अध्यक्षले गर्नु नहुने बताए ।
चुनावको बेलामा पार्टीभित्र एकले अर्काको भण्डाफोर नगरी एकतावद्ध भएर जानुपर्ने उनले बताए ।

अर्थमन्त्री शर्माले आफूले सधैँ नीति र नेतृत्वको रक्षा गरेपनि अध्यक्ष दाहालको आफू आलोचक पनि भएको बताए ।
उनले अहिलेको विद्यार्थी संगठनसँग कुनै एजेण्डा नभएको टिप्पणी गरे।

उनले राष्ट्रको कार्यकारी नेतृत्व, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको पुनःसंरचना र पहिचानको एजेण्डा पार्टीको भएको पनि बताए । उनले विद्यार्थी संगठनलाई वैज्ञानिक र प्रविधियुक्त शिक्षाको एजेण्डा बोक्न आग्रह गरे ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ५ : ३५ बजे