काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले नेपाली कांग्रेस आफ्नो भविष्य आफै सक्न लागेको बताएका छन् । उनले जनताको बीचमा जान कांग्रेस अंशबन्डामा लागेको बताए ।
बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई काठमान्डौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यादवले कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नुसिवाय अरू नरहेको उल्लेख गरे ।
बिपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेताहरूलाई नरहेको भन्दै उनले टिकट किनेर पार्टीमा प्रवेश गर्ने प्रवृति हावी भएको बताए ।
पूर्वराष्ट्रपति यादवले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेकोमा आपत्ति जनाए ।
उनले स्थानीय निर्वाचनमा वडा र पालिकाहरूमा टिकट बिक्री भएको उल्लेख गर्दै पार्टीमा विधि र आदर्शको पालना र सम्मान हुन छोडेकोप्रति चिन्ता व्यक्त गरे । उनले कांग्रेसीको पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरू पार्टीसँग मिलेर अंशबन्डा गर्नु लज्जाको विषय भएको बताए ।
प्रतिक्रिया