१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी हुन् अनुहारको चमक बढाउने उपाय



अनुहारलाई कसरी आकर्षक बनाउने ? अनुहारमा कसरी चमक ल्याउने ? कसरी नरम बनाउने ? अक्सर धेरैको मनमा उब्जने प्रश्न हो यो ।
हुन पनि झट्ट हेर्दा देखिने भाग हो, अनुहार । अनुहारको सौन्दर्य नै फिका छ भने त्यसले समग्र व्यक्तित्व ओझेल बनाइदिन्छ । अहिलेको जमानामा व्यक्तित्वको पनि उत्तिकै महत्व छ ।

व्यक्तित्वले नै दोस्रो व्यक्तिलाई प्रभाव पार्न सकिन्छ । त्यसोभए अनुहारको सौन्दर्य कसरी बढाउने त ? यसका लागि कसैले कस्मेटिक्स प्रयोग गरिरहेका होलान् । कसैले सरसफाईमा ध्यान दिइरहेका होलान् ।

कतिले सर्जरीको साहारा पनि लिएका होलान् । कतिले स्वस्थ्य खानपान र जीवनशैली अपनाइरहेका होलान् ।

छालारोग विशेषज्ञ डाक्टर ललन खतिवडाका अनुसार अनुहारमा निखार ल्याउनका लागि खानपानदेखि उचित हेरचाहसम्म आवश्यक हुन्छ । स्वस्थ्य खानपान, अनुशासित दिनचर्या, सरसफाईले अनुहारमा चमक ल्याउन सकिन्छ ।

त्यतीमात्र होइन, मानसिक स्वास्थ्य पनि ठिक हुनुपर्छ । मनमा पिडा, कुष्ठा, घृणा जस्ता विकार छ भने, अनुहारको चमक फिका देखिन्छ । त्यसैले स्वस्थ्य जीवनशैलीसँगै मानसिक सुखले पनि सौन्दर्यमा अहंम भूमिका खेल्छ ।
अनुहारमा चमक ल्याउन स्वस्थ्य जीवनशैली अपरिहार्य हुन्छ ।

यसमा खानपानको पनि उत्तिकै भूमिका हुन्छ । कतिपय यस्ता खानेकुरा हुन्छ, जो सौन्दर्यका लागि हितकर मानिन्छ ।
अनुहारमा चमक ल्याउन स्वस्थ राख्न खानपानमा ध्यान दिनु पर्छ । व्यक्तिको खानपानले उसको अनुहारमात्र हैन, उसको सम्पूर्ण स्वास्थ्यलाई नै स्वस्थ राख्छ ।

यसको लागि एन्टीअक्सिडेन्ट, विटामिनयुक्त आहार प्रोटिन लगायतका अन्य पोषणतत्वको सेवन गर्न पनि निकै जरुरी छ ।
प्रशस्त मात्रामा पानी पिउने । धुमपान तथा मदिरापानबाट टाढै बस्ने ।

हरेक दिन विहान प्राणायाम गर्ने । स्वस्थ्यकर तथा पौष्टिक तत्वयुक्त खानेकुराको सेवन गर्ने । अनुहारलाई मोइस्चराईज गर्ने । प्रत्येक पल्ट घरबाट निस्कनु पूर्व अनुहारलाई राम्ररी ढाक्ने ।

सन्सक्रिम तथा सनग्लासको प्रयोग गर्ने । सून्दरताका लागि प्रकृतिक रुपमै हाम्रो छाला स्वस्थ हुन जरुरी छ । त्यसको लागि के गर्ने त ? अनुहारमा चमक ल्याउन छालारोग विशेषज्ञ डा. ललन खतिवडाको सुझब यस्तो छ ।


– मुख्य कुरा, मानसिक आफ्नो रूपमा सन्तुष्ट हुनुपर्छ । आफू जे छु, त्यसैमा सन्तोष गर्न सक्यो, आफैँलाई राम्रो ठान्यो भने अनुहारमा स्वतः चमक आउँछ ।
– नियमित शारीरिक व्यायाम पनि आवश्यक छ । नियमित व्यायामले तपाईंको शरीरबाट पसिनासँगै धेरै विकार बाहिर निकाल्छ, शरीरलाई ऊर्जाशील र अनुहार सफा बनाउँछ ।
– हामीले खाने खाना कति स्वस्थकर छ, यस विषयमा ख्याल गर्नुपर्छ । खानपानमा पर्याप्त ध्यान दिनुपर्छ, समयमा खानुपर्छ । पानी प्रसस्त पिउनुपर्छ ।
– हरेक दिन हाम्रो जीवन दौडधुपमै बितिरहेको छ । सूर्यको प्रकाशमा फैलिएका विभिन्न विकिरणहरूले हाम्रो छालामा प्रत्यक्ष असर गर्छन । त्यसैले यसबाट जोगिन हामीले बाहिर निस्कनुअघि सनस्क्रिन लगाउनुपर्छ । सनस्क्रिनले प्रदूषणबाट पनि हाम्रो छालालाई जोगाउँछ ।
– हामी सधैं खुसी रहने बानीको विकास गर्नु पर्छ । त्यसको अनुहारको चमक कहिल्यै घट्न दिदैन् । अनि हामी सधैं फुर्तिलो पनि देखिन्छौ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ६ : ३२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *