काठमाडौं । सत्तारुढ गठबन्धनको निर्णायक बैठक स्थगित भएको छ । सिट बाँडफाँटका लागि गठन भएको कार्यदलले बुझाएको प्रतिवेदनमाथि शीर्ष नेताहरूले छलफल गर्ने भनिएको शुक्रबारको बैठक स्थगित भएको हो ।
बालुवाटारमा शुक्रबार अपराह्न बस्ने भनिएको बैठक शनिबार अपराह्न ४ बस्नेगरी स्थगित भएको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ।
देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ । बैठक बस्न नसक्दा सिट बाँडफाड बारे अन्यौल भएको छ ।
दलका नेताहरु सबै काठमाडौंमा उपलब्ध नहुँदा बैठक बस्न नसकेको जनाइएको छ ।
२४ भाद्र २०७९, शुक्रबार
130
Shares
प्रतिक्रिया