१३ बैशाख २०८१, बिहिबार | Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत र चीनका सेना सीमाबाट फिर्ता हुन थाले



भारत । भारत र चीनले पश्चिमी हिमालय क्षेत्रको विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाएका छन् ।

सीमा क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने भन्दै दुवै देशले आफ्ना सेना फिर्ता बोलाएका हुन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच अर्को हप्ता उज्वेकिस्तानमा हुने वार्ताअघि दुवै राष्ट्रले विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । दुवै पक्षले सीमामा शान्ति कायम गर्न मद्दत गर्ने प्रतिवद्दता पनि जनाएका छन् ।

भारत र चीनको सीमा विवाद रहेको लद्दाख र गोगरा हटबाट आफ्ना सेना फिर्ता बोलाएका हुन् । चीनको रक्षा मन्त्रालयले विवादित सीमा क्षेत्रका लागि चिनियाँ नाम प्रयोग गरी दुवै पक्षका सेना योजनवद्ध रुपमा फिर्ता हुन थालेको जनाएको छ । यद्दपि दुवै देशले वास्तविक नियन्त्रण रेखा भनेर चिनिने वास्तविक सीमामा अझै पनि हजारौं सेना आधुनिक हातहतियार सैन्य बन्दोबस्तीसहित तयारी अवस्थामा रहेको बताइएको छ ।

दुई वर्षअघि सीमा विवादका कारण दुवै देशका सेनाबीच झडप भएको थियो । सो भिडन्तका क्रममा कम्तिमा २० जना भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएको थियो । सन् २०२० को जुनमा लद्दाख क्षेत्रको गलवान क्षेत्रमा दुवै पक्षका सेनाबीच भएको भिडन्तपछि दुवै पक्षका वरिष्ठ सैन्य कमाण्डरहरुबीच १६ वटा बैठक भइसकेका छन् ।

भारत र चीनले आफ्नो भनेर दावी गरेको करिब ३८ सय किलोमिटर क्षेत्रमा सीमा विवाद रहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : १५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *