१५ चैत्र २०८०, बिहिबार | Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निरन्तर आँखा चिलाउछ ? त्यसो भए के गर्ने त ?



आँखा चिलाउँदा हातले मिच्ने बानी अहिले नै हटाउनुहोस् । त्यसले आँखा रातो समेत हुने गर्छ । अझ हात फोहोर छ भने त त्यसले आँखामा विभिन्न किसिमका संक्रमण निम्त्याउन सक्छ ।
त्यसैले त चिकित्सकहरू सकेसम्म आँखा नमिच्न, हात नलगाउन तथा नकन्याउन सुझाव दिने गर्छन् । त्यो सुझावलाई हामी मनन पनि गर्छौं ।

तैपनि कहिलेकाही धुलोधूवाँ, प्रदूषण तथा विभिन्न एलर्जीका कारण आँखा यसरी चिलाउँछ कि हाम्रो हात स्वतः आँखामा पुग्ने गर्छ । परिणामस्वरूप आँखा पोल्ने, आँखा रातो हुने तथा आँखा सुन्निने गर्दछ ।


आँखा बेस्सरी चिलाए के गर्ने ?
–आँखामा वरफ वा चिसो पानीले सेक्दा पनि चिलाउने समस्या कम हुने गर्छ । त्यस्तै, नरम कपडालाई पानीमा भिजाएर करिब २० मिनेटसम्म उक्त कपडालाई आँखामा राख्नाले पनि आँखा पोल्ने, चिलाउने, सुन्निने तथा रातो हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
–चिसो दूधको प्रयोग गरेर पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ । कपासलाई चिसो दूधमा केही समय भिजाएर त्यसलाई बेला बेलामा आँखाको वरिपरि राख्नाले पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ ।


– घाम, पानी, धुलो, धूवँ लगायतका कारण पनि आखाको एलर्जी हुनसक्छ । आँखाको एलर्जी भएमा आखा पोल्ने, चिलाउने तथा रातो हुने गर्दछ । घरबाहिर निस्कनु परेमा चश्माको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ ।
–आँखा बेसरी चिलाएमा तुरुन्तै चिसो पानीको फोहराले आँखालाई पखालेर पनि यो समस्याबाट राहत पाउन सकिन्छ । त्यसको लागि पानीको फोर्स भने धेरै हुनु हुँदैन ।


– गुलाव जलको प्रयोयद्वारा पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । केही थोपा गुलाव जलको प्रयोगले सुरुमा त आँखामा केही जलन होला तर फेरि आराम पनि तुरुन्तै हुन्छ ।
– चिकित्सकको सल्लाह अनुसार आइड्रपको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । यस्ता आइड्रप जुनसुकै औषधी पसलमा सजिलै किन्न पाइन्छ । किन्नुअघि चिकित्सकको सल्लाह लिन भने निकै आवश्यक मानिन्छ ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ७ : ४१ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *