८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले राष्ट्रपतिको राजीनामा मागेकोप्रति एमाले अध्यक्ष ओलीको आपत्ति



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनुपर्ने प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शनिबार बिराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रचण्डका आदेशमा राष्ट्रपतिले राजीनामा दिनुपर्ने हो ? भन्दै आपत्ति जनाएका हुन् ।
नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आयोजित कार्यक्रममा नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका थिए ।
अध्यक्ष ओलीले आगामी निर्वाचन देशको भाग्य भविष्य फैसला गर्ने निर्वाचनको रूपमा संज्ञा दिए । उनले नियमित प्रक्रियाको निर्वाचन नभइ देशको भाग्य भविष्य फैसला गर्ने निर्वाचन भएको बताए ।
ओलीले भने, ‘मंसिर ४ गते संघ र प्रदेशको चुनाव हुँदैछ। नियमित प्रक्रियाको निर्वाचन हुन गइरहेको छैन। यो निर्वाचन देशको भाग्य भविष्य फैसला गर्ने निर्वाचन हो ।
एमाले लोकतान्त्रिक पार्टी रहेको बताउँदै उनले अहिलेको सरकार कसको नीतिमा चल्छ भन्दै प्रश्न गरे । अस्थिरता मच्चाएर आफ्नो दुनो सोझ्याउनेहरुले सरकार चलाइरहेको उनको भनाइ थियो ।
ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता गठबन्धनले उदण्डता देखाएको बताए ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ६ : २९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *