१५ चैत्र २०८०, बिहिबार | Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालाजुका अनधिकृत संरचनामा चल्यो महानगरको डोजर



काठमाडौं । बालाजुस्थित माछापोखरी क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
काठमाडौं महानगरपालिका–१६, माछापोखरीमा अन्य ठाउँ जस्तै अनधिकृत संरचना भेटिएपछि बिहानै देखि डोजर चलाइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काइएको र त्यो आसपासका अन्य संरचनामा पनि डोजर चलाइने उनले बताए ।
महानगरभित्र निर्माण भएका अनधिकृत संरचनाबारे महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको पाण्डेले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १ : १० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *