१४ बैशाख २०८१, शुक्रबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान दिवसमा एमालेले पदयात्रा गर्ने



काठमाडौं । नेकपा एमालेले संविधान दिवसका अवसरमा उपत्यकामा पदयात्रा आयोजना गर्ने भएको छ । यो दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन पदयात्रा गर्न लागिएको हो ।
आठौं संविधान दिवसका अवसरमा पार्टीले आगामी १ असोजमा बिशेष कार्यक्रम सहित पदयात्रा गर्ने जनाएको छ ।
निर्वाचन आयोगले संविधान जारी भएको दिन ३ असोजमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम १ असोजमा गर्न लागेको बताइएको छ ।
उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतीदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट हजारौं मानिसहरूको सहभागितामा सुरू हुने पदयात्रा वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ ।

सभामा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् ।
त्यस अवसरमा सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको तयारी बैठकमा उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक संघर्षपछि नेपाली जनताले संविधानसभाबाट संविधान पाएको विषयलाई त्यही उचाइमा महत्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यसबर्ष वाकथन आयोजना गर्न लागिएको बताए ।
संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम जनसमुदायलाई सहभागिताका लागि आह्वान गरिएको छ । बैठकमा स्थायी कमिटी सदस्य भानुभक्त ढकालले कार्यक्रमबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  २ : ५० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *