२० बैशाख २०८१, बिहिबार | May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुहाउँदा पिसाब फेर्नु हुन्छ ? त्यो बानी आजै छाड्नुहोस्



के तपाई नुहाउने बेला पिसाब फेर्नुहुन्छ ? त्यो बानी आजै हटाउनुहोस् ।

एक अध्ययनले नुहाउँदा नुहाउदै पिसाब फेर्नु राम्रो बानी नभएको देखाएको छ । कतिपय मानिसहरूमा धारामा नुहाउँदा, खोला वा स्वीमिङ पुलमा पौडी खेलिरहेको बेला पिसाब फेर्ने गर्छन् ।

यस्तो बानी निकै अस्वस्थ तथा खराब हो तथापि मानिसहरूमा लागेको बानी छुटाउन गाह्रो पर्दछ । यो पुरुष भन्दा महिलाका लागि झन धेरै हानिकारक देखिन्छ । स्वीमिङ पुलमा पिसाब फेर्ने मानिस पक्रिनका लागि आजकल कतिपय स्वीमिङ पुलमा त्यस्तो केमिकल राखिएको हुन्छ जसले पिसाब फेर्दा बित्तिकै जानकारी दिन्छ ।
स्वीमिङ पुलमा पिसाब फेर्नेजस्तै अर्को खराब बानी हो नुहाइरहेको बेला पिसाब फेर्ने ।

तपाईंलाई लाग्दा नुहाउँदा पिसाब फेर्नुमा के गलत छ ? यदि तपाईंले पनि नुहाउँदा पिसाब फेर्नुहुन्छ वा नुहाइरहँदा पिसाब फेर्नु गलत होइन भन्ने सोच्नुहुन्छ भने सायद यो खबर तपाईंका लागि निकै उपयोगी हुनसक्दछ ।
एलिसिया नामकी एकजना डाक्टरले आफ्नो टिकटकमा एक भिडियो राख्दै महिलाहरूले नुहाउने बेलामा किन पिसाब फेर्नु हुँदैन भन्ने बताएकी छिन् ।
उनका अनुसार महिलाहरूले बगिरहेको पानीको तल उभिएर पिसाब गर्नु हुँदैन ।

त्यसो गर्दा महिलामा विभिन्न स्वास्थ्य समस्या आउन सक्दछन् ।
डाक्टर एलिसियाका अनुसार पिसाब र चलिरहेको पानीको आवाजको बीचको सम्बन्ध तपाईंका लागि भविष्यमा महँगो पर्नेछ ।
नुहाउने बेला, धारा खोलिरहेको बेला पिसाब फेर्ने बानी छ भने तपाईंलाई भाँडा माझ्नका लागि धारा खोलेको बेलासमेत पिसाब फेर्न मन लाग्नेछ ।

यसबाट तपाईंलाई पानी चलाउनुपर्ने अन्य विभिन्न काम गर्दासमेत पिसाब लाग्ने समस्याको सिर्जना हुनसक्नेछ । फिजिकल थेरापीकी डाक्टरसमेत रहेकी एलिसियाले शेयर गरेको उक्त भिडियो निकै लोकप्रिय बनेको छ ।

अहिलेसम्म यो भिडियो लाखौं पटक हेरिसकिएको छ ।
एकजना महिलाले आफ्नो अनुभव शेयर गर्दै लेखेकी छिन्– मलाई बल्ल थाहा भयो कि बिरुवामा पानी हालिरहेको बेला किन मलाई ट्वाइलेट जान मन लाग्छ ।-एजेन्सी

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ७ : २६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *