१३ बैशाख २०८१, बिहिबार | Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सधैँ खुसी बन्न चाहनुहुन्छ ? हस्तमैथुन गर्नुहोस्



किशोरावस्थामा पुगेपछि बढ्दो यौन चाहाना शान्त गर्न किशोर/किशोरीले यौनाङ्गमा स्पर्श गर्छन् । उनीहरुले यो कुरा खुलेर बाहिर भन्दैनन् ।
र, उनीहरुलाई लाग्छ, ‘कतै मैलें नराम्रो काम त गरिरहेका छैन ?’ यस्तै भावनाले उनीहरुमा हिनताबोध पैदा हुनसक्छ ।
हस्तमैथुनका सम्बन्धमा समाजमा एउटै धारणा भेटिदैन् ।

कतिले यसलाई समस्या मानेका छन्, कतिले समधान । एकथरीको तर्क छ, हस्तमैथुनको स्वास्थ्यमा कुनै हानी छैन । बरु, यसले यौन आवेग शान्त गर्छ । यौन कुण्ठा हटाउँछ ।
मनोविकार हटाउँछ । अर्को फाइदा त के भने, हस्तमैथुनले बलात्कार जस्ता आपराधिक कृत्य कम गर्न सघाउ पु¥याउँछ । किनभने यसले क्षणिक रुपमा यौन उत्तेजना शान्त गर्छ ।
विज्ञानले पनि यसलाई गलत भन्दैन । हस्तमैथुनलाई स्वास्थ्यका लागि राम्रो र सामान्य मानिन्छ ।

हस्तमैथुन के हो ?
यौनान्द लिनका लागि जब आफ्नो यौनाङ्ग स्पर्श गरिन्छ, हस्तमैथुन त्यही हो । हरेकले यो आ–आफ्नै ढंगले गर्छन् । हस्तमैथुनको क्रममा उनीहरु यौनजन्य दृश्य, वस्तु आदिको कल्पनामा डुब्छन् ।

हस्तमैथुन गर्नु गल्ती हो ?
हस्तमैथुन गल्ती होइन । यो आनन्द अनुभूत गर्ने प्राकृतिक तरिका हो । यसले स्वंमलाई आनन्द दिलाउँछ । यो नितान्त व्यक्तिगत कुरा पनि हो । सार्वजनिक स्थानमा यस्तो काम गर्नु गैर कानुनी मानिन्छ ।
हस्तमैथुन युवा–युवती दुबैले गर्छन् । युवाहरुमा १७ बर्षको उमेरपछि हस्तमैथुनको इच्छा तिब्र हुन्छ ।

के यसले स्वास्थ्यमा हानी गर्छ ?
हस्तमैथुनले स्वास्थ्यमा कुनै हानी गर्दैन । हस्तमैथुनले पागल वा अन्धा बनाउँदैन । हस्तमैथुन गर्दा आँखको तल कालो हुने वा शारीरिक विकास रोक्ने पनि गलत कुरा हुन् ।
सत्य त के भने, यसले हाम्रो तनाव कम गर्छ । शरीरमा खुसी संचार गराउँछ । खुसी ल्याउने हर्मोन इन्डारफिन्स श्राव गराउँछ । यसले रिल्याक्स महसुष हुन्छ ।
साथै हस्तमैथुनले सुत्नका लागि सहयोग गर्छ, निजी अंगलाई सक्रिय राख्छ ।
हस्तमैथुनले स्वास्थ्यमा हानी नपु¥याउने मात्र होइन, बरु यौन सम्पर्कभन्दा यो सुरक्षित र गोप्य पनि हुन्छ । यौन सम्पर्कमा कतिपय खतरा वा समस्या हुन्छ, जो हस्तमैथुनमा हुँदैन । यसले यौनजन्य रोगहरु सर्ने भय पनि हुँदैन ।

युवतीका लागि हस्तमैथुन किन असहज ?
तुलनात्मक रुपमा युवतीहरुलाई हस्तमैथुन गर्न असहज हुन्छ । उनीहरु आफ्नो यौनाङ्ग खेलाएर वा योनीमा कुनै बस्तु घुसाएर आनन्द लिन्छन् ।
यस्तो गर्नु त्यसबेलासम्म सुरक्षित हुन्छ, जब त्यो कष्टरहित हुन्छ । ख्याल गर्नुपर्ने कुरा के भने, यसरी हस्तमैथुन गर्दा सही र सुरक्षित ढंगले गर्नुपर्छ ।

घाउ, चोट लाग्ने, अड्कने, ब्याक्टेरिया फैलने कुरामा सर्तक हुनुपर्छ । फोहोर एवं असुरक्षित चिज प्रयोग नगरौं ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : १८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *