काठमाडौं । नेपाल भ्रमण पूरा गरेर चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ ।
चार दिने भ्रमण पूरा गरी फर्किएको चिनियाँ टोलीलाई सभामुख अग्नि सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।
ली चान्सु यही भदौ २७ गते काठमाडौं आएका थिए । नेपाल भ्रमणका क्रममा उनले अन्तरसंसदीय सहयोग सम्बन्धी द्विपक्षीय समझदारी गरेका छन् ।
यस्तै, नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री सभामुख तथा प्रमुख दलका शीर्षस्थ नेतासँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया