७ बैशाख २०८१, शुक्रबार | Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ली नेतृत्वको चिनियाँ टोली स्वदेश फिर्ता



काठमाडौं । नेपाल भ्रमण पूरा गरेर चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ ।

चार दिने भ्रमण पूरा गरी फर्किएको चिनियाँ टोलीलाई सभामुख अग्नि सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।

ली चान्सु यही भदौ २७ गते काठमाडौं आएका थिए । नेपाल  भ्रमणका क्रममा उनले अन्तरसंसदीय सहयोग सम्बन्धी द्विपक्षीय समझदारी गरेका छन् ।

यस्तै, नेपाल बसाइको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री सभामुख तथा प्रमुख दलका शीर्षस्थ नेतासँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  १ : २८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *