२३ बैशाख २०८१, आइतबार | May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकाले युक्रेनलाई सैन्य सहयोग गर्‍यो

६० करोड डलर अतिरिक्त सहयोग



काठमाडौं । अमेरिकाले रुसविरुद्धको लडाइका लागि युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गरेको घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनका लागि अमेरिकाले हतियारसहित युद्ध सामग्री खरिदका लागि सहयोग उपलब्ध गराएको छ । अमेरिकी सहयोगले युक्रेनी सेना अझ सशक्त रुपमा अगाडि बढ्न सहयोग पुग्ने अमेरिकाले बताएको छ ।

पछिल्लो समय युक्रेनले रुसी सैनिकले कब्जा गरेको आफ्नो भूमि फिर्ता गरिरहेको छ । युक्रेनी राष्ट्रपति भाेलाेदिमीर जेलेन्स्कीले हालसम्म ६ हजार वर्ग किमी क्षेत्र रूसी सेनाको कब्जाबाट युक्रेनले आफ्नो नियन्त्रणमा लिएको दावी गरे ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १ : ०८ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *